![बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य](https://annapurnapost.prixacdn.net/media/albums/rohit-sompal_GKpFEB47oZ_7XzbxbW4JM.jpg)
काठमाडौं : आईसीसी टी- २० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा नेपालविरुद्ध बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो।
बंगलादेशका लागि शाकिब अल हसनले १७ रन, महमुदुल्लाह र रिशाद हुसेनले १३/१३ रन, जाकिर अली र तस्किन अहमदले १२/१२ रन, तौहिद हृदयले ९ रन, नाजमुल हसिन सान्तोले ४ रन, नान्जिम हसन साकिब र मुस्ताफिजुर रहमानले ३/३ रनको योगदान गरे। तान्जिद हसन शून्य रनमै आउट भए।
नेपालका लागि रोहितकुमार पौडेल,सन्दीप लामिछाने,सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए।
यसैगरी बंगलादेशको दुई विकेट लिएसँगै लामिछाने टी-२० अन्तर्राष्ट्रिय खेलमा छिटो १०० विकेट पुर्याउने दोस्रो बलर बनेका छन्। लामिछानेले ५४ खेलमा १०० विकेट कटाएका छन्। अफगानिस्तानका रासिद खानको नाममा छिटो सय विकेट पूरा गर्ने खेलाडी हुन्।
यद्यपी लामिछाने नेपालको भने १०० विकेट पूरा गर्ने पहिलो बलर हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)