कीर्तिमानी

सन्दीप लामिछाने बने टी-२० आईमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर


काठमाडौं : नेपालका पुर्वकप्तान एवम् लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी-२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सोमबार बिहान भएको खेलमा दुई विकेट लिएसँगै लामिछाने छिटो १०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेका हुन्। 

उनले ५४ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै लामिछानेले विकेट पूरा गरे । त्यस अगाडि उनले १४ ओभरको दोस्रो बलमा बंगलादेशका तन्जिम हसन साकिब आउट गरेका थिए।null

अघिल्लो खेलमा पहिलो बलर बन्नबाट लामिछाने चुकेका थिए। अफगानिस्तानका रासिद खानको नाम छिटो सय विकेट पूरा गर्ने बलरको सूचीमा रेकर्ड छ । उनले ५३ खेलमा १०० विकेट लिएका हुन्। 

यस अगाडि पनि नेपाली स्पिनर लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनिसकेका छन्। उनले ४२ खेल खेलेर १०० विकेट पूरा गरेर कीर्तिमानी कायम राखेका थिए।लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका थिए।

बंगलादेशले आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.