स्याङ्जामा बसको ठक्करबाट ८१ वर्षीय वृद्धको मृत्यु
स्याङ्जा : बसको ठक्करबाट आइतबार दिउँसो ८१ वर्षीय दुर्गाबहादुर थापाको मृत्यु भएको छ । बिरुवा गाउँपालिकाका -६ चिन्नेवासका थापाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको हो।
ग १ ख ६२३७ नम्बरको बसमा सवार उनी वालिङ् नगरपालिका ८ मिर्दिमा झरेर बाटो काट्ने क्रममा सोही बसको ठक्करले घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
बस सिदार्थ राजमार्ग हुँदै बुटवलबाट —पोखरातर्फ जाँदै गरेको थियो। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।