नेपालमा नै बनेको एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी सुविधा

नेपालमा नै बनेको एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी सुविधा

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन लैनचौरमा हस्ताक्षर गरेका थिए।

मोबाइलमा डेटा सकिए पछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरू रहेको एनसेलको ‘सधैं अन’ योजना अन्तर्गत गरिएको यस सम्झौता अनुसार, अब माछापुच्छ्रे बैंकमा आफ्नो खाता भएका एनसेलका ग्राहकहरूले बैंकको मोबाइल बैकिङ एप एमबीएल एम–स्मार्टको चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरू खरिदका लागि भुक्तानी गर्न सक्नेछन्। 

यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरूले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन्। यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई अहज बनाउँदै सधैं अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुच्छ्रे बैंकले लिएको छ। एनसेल एपमा अन्य सुविधाहरू पनि रहेका छन् जसले ग्राहकहरूलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ।

माछापुच्छ्रे बैंकले नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकका रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यका साथ निरन्तर अगाडि बढि रहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.