विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या

विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या
सुन्नुहोस्

हुम्ला : सर्केगाड गाउँपालिका-१, तुम्चमा रहेको देवल आधारभूत विद्यालय भवन जीर्ण भएको धेरै भयो। विद्यालयको भवन चर्किएको छ। कक्षाकोठामा डेस्क बेन्च पर्याप्त छैन। जस्तापाताले छाएको छानामुनि विद्यार्थीहरूले ढुंगामा काठको फल्याक बिछ्याएर विद्यार्थीले अध्ययन गर्छन्। 

चिसो भुइँमा बसेर पढ्ने गरेको कक्षा ५ मा अध्ययन विष्णु शाहीले बताए। उनले भने, ‘कक्षाकोठाको भित्ता जताततै चर्किएको छ। पानी परेको दिन त भित्ताबाट पानी पसेर कक्षाकोठा ताल जस्तै हुने गरेको छ।’ कक्षाकोठामै बसेर पढ्ने वातावरण नभएको कक्षा ६ मा अध्ययनरत कविता शाहीले बताइन्। 

भूकम्पले चर्किएको जीर्ण भवनमा डरैडरमा बस्नुपर्ने कक्षा ८ मा अध्ययनरत झरना शाहीले बताइन्। विद्यालयमा घेरवार नुहुँदा पशु चौपाया कक्षाकोठाभित्र छिर्ने गरेको कक्षा ८ मा अध्ययनरत ज्ञानुमाया ऐडीले बताइन्। विद्यालयको हाताभित्रै पशुचौपायाहरूको चरिचरण जस्तै भएको ऐडीको भनाइ छ।

सरकारले सामुदायिक विद्यालयका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ। तर यस विद्यालयले दैनिक २० रुपैयाँका दरले १५० जना विद्यार्थीले पाउने खाजा रकम शिक्षकलाई तलबमा खर्चिने गरेको छ। विद्यार्थीको नाममा पाउने खाजाको साढे पाँच लाख बजेटले तीन जना शिक्षक राखिएको छ। विद्यार्थीहरूले सरकारले दिने दिवा खाजा पाएका छैनन्। 

विद्यालयले दिवा खाजा कटाएर निजी स्रोतका शिक्षक चक्र मल्ल, रूपबहादुर शाही, दीपेन्द्र बमलाई राखेको हो। सरकारले प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीका लागि हुम्लासहित कर्णालीका दुर्गम पाँच जिल्लामा हरेक विद्यार्थीले २० रुपैयाँ खाजाबापत रकम दिन्छ। सरकारले विनियोजन गरेको रकम पालिकामार्फत विद्यालयको खातामा जान्छ।

विद्यालयमा शिक्षकहरू नियमित जाँदैनन्। विद्यालयमा प्रधानाध्यापक सहित ६ जना शिक्षक छन्। विद्यार्थीहरू विद्यालय नजाँदा जरिवाना तिर्नुपर्छ। तर शिक्षक गयल हुँदा जरिवाना तिर्नुपर्दैन। विद्यार्थी गयल हुँदा ५० रुपैयाँ तिर्नुपर्ने  कक्षा ८ अध्ययनरत खुसी रावतले बताइन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.