३८ दिने श्रावणी मेला सुरु

३८ दिने श्रावणी मेला सुरु
सुन्नुहोस्

भक्तपुर : आज साउन १ गते देशभरीका शिवालयहरूमा मेला लागेको छ। भक्तपुरको सिपाडोलमा रहेको केदारनाथको सिर डोलेश्वर महादेव मन्दिरमा पनि मेला सुरु भएको छ। 

आज केदारनाथको सिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मातृशक्ति द्वारा कलस यात्रा गरी ३८ दिने श्रावणी मेला सुरु गरेको हो। 

मेलाको पहिलो दिनमा बिहान ७ बजे चन्द्रविनायक गणेशमन्दिरदेखि डोलेश्वर मन्दिरसम्म मातृशक्तिहरूले कलश यात्रा गरेका छन। करिब २ सयदेखि ३ सय जना महिलाहरूले कलश यात्रा गरेको केदारनाथको सिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सदस्य राकेश थापाले जनाएका छन्।

२०८१ सालको यस ३८ दिने श्रावणी मेलाको बागमती प्रदेशका सांसद माननीय किरण थापाले औपचारिक रूपमा उद्घाटन गरे। उनले आइतबार डोलेश्वर मन्दिर प्रांगणमा आयोजित उद्घाटन कार्यक्रमलाई पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन्। उनले कार्यक्रमलाई सम्बोधन गरी डोलेश्वर महादेव मन्दिर गुरुयोजना अनुसार पूर्ण निर्माण भई रहेको बताउँदै मन्दिर पूर्ण निर्माण सोचेको भन्दा बढी भइरहेको बताए। ‘आज यो डोलेश्वर महादेवको मन्दिर हामीले परिकल्पना गरेको भन्दा धेरै अगाडि बढेको छ,’ उनले भने, ‘हामीले सोचेका थिएनौं, यो मंदिरका संरचनाहरू १४/१५ वर्षमा यति अगाडि बढाउन सकिन्छ भनेर। यो मूल मन्दिर बनाउन सकिन्छ, यो पांचायन मन्दिर बनाउन सकिन्छ। त्यसै गरी चौबन्दी सतल ६४ शिवलिंग संरचना आज बनेका छन्।’ 

सांसद थापाले विभिन्न क्षेत्रबाट डोलेश्वर महादेव मन्दिर नजिकका महिला बसिन्दाहरूको मेहनत , मिठो बोली, अतिथि सत्कार , रहनसहन, बोली वचनका बारेमा समेत चौतर्फी रूपमा प्रशंसा आफूहरूले सुन्न पाएको समेत सांसद थापाले सुनाए। 

केही वर्षदेखि यसरी नै सिपाडोलस्थित डोलेश्वर महादेवमा श्रावणी मेला लाग्ने गरेको छ। यस पटक भने साउन १ गतेदेखि भदौ ६ गतेसम्म गरी ३८ दिनका लागि मेला लागेको हो। समितिले मन्दिर पुनर्निर्माण गर्न आवश्यक पर्ने रकम जुटाउने हेतुले मेला लागेको बताएको छ। मेलाका दौरान हरेक दिन स्थानीय गुरुहरूबाट नित्य पूजा, बिमाला गंगा आरती र अन्तिम दिन गर्व गृहमा भक्तजनहरूका लागि ढोका खुला गरिने छ भने सो दिन यज्ञको पूर्णाहुती सहित मेला सम्पन्न गरिने छ। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.