विराटनगरमा प्रहरीको गाडी दुर्घटना, २४ जना घाइते, २ जनाको अवस्था गम्भीर

विराटनगरमा प्रहरीको गाडी दुर्घटना, २४ जना घाइते, २ जनाको अवस्था गम्भीर
सुन्नुहोस्

विराटनगर : विराटनगरमा प्रहरीको गाडी दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।

मुस्लिम समुदायको मोहरम पर्वको कार्यक्रमको सुरक्षामा थप मद्धतका लागि प्रहरी लिएर विराटनगरको रानीतर्फ जाँदै गरेको गाडी साँझ ५:४० बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा परेको बा१ग २५५९ नम्बरको गाडी विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रको हो। 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार थप मद्धतका लागि तालिम केन्द्रबाटै प्रहरी लगिएको थियो। विराटनगर महानगरपालिका-१५ भट्टी मोडमा घुमाउने क्रममा आफैं अनियन्त्रित भएर गाडी पल्टिएको जानकारी उनले दिए। दुर्घटनामा परेर घाइते भएकामध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझाको अवस्था गम्भीर छ। 

गम्भीर अवस्थाका घाइतेको न्युरो अस्पतालमा उपचार भइरहेको एसएसपी दाहालले बताए। उनका अनुसार सामान्य अवस्थाका घाइतेको कोशी र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेहरु सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको जानकारी दाहालले दिए। उनले घटनाको अनुसन्धान भइरहेको बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.