जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ
सिन्धुली : सिन्धुली प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय कृष्ण बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।
यस्तै मानसिक समस्या भएकी महिलालाई बलत्कार गरेको अभियोगमा खाँडादेवी गाउँपालिका-४ रामेछापका २७ वर्षीय गोल्ठे भन्ने भुवन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।
विकले बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।
नेपालीले मानसिक समस्या भएकी महिलालाई सुनकोसी गाउँपालिका-६ चैनपुरगाउँको सुनकोसी नदी किनारामा जबरजस्ती करणी गरी फरार रहेको भनि परेको जाहेरीका आधारमा खोजतलास गरी प्रहरीले नियन्त्रणमा लिएको सिन्धुलीका प्रहरी निरिक्षक सुनिल कुमार चौरसियाले जानकारी दिए।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।