पाँच वर्षसम्म पनि खुलेन हुम्लाको टाँके नाका

पाँच वर्षसम्म पनि खुलेन हुम्लाको टाँके नाका
चंखेली गाउँपालिकासँग जोडिएको चिनियाँ भूमि । तस्बिर : अन्नपूर्ण

हुम्ला : कोरोना महामारीले बन्द भएको हुम्लाको चंखेली गाउँपालिका-५ स्थित चीनको सीमासँग जोडिएको टाँके नाका अझै खुल्न सकेको छैन।  चीनसँग जोडिएको टाँके नाक नखुलेपछि चंखेली गाउँपालिका-५ का नागरिकहरूलाई दैनिक उपभोग्य वस्तु आयत-नियातमा समस्या भएको छ।

टाँके नाका नखुल्दा दैनिक उपभोग्य वस्तु,विकास निर्माणका सामानहरू नियातमा समस्या भोग्नु परेको चंखेली गाउँपालिका-५ चक्रबहादुर तामाङले जानकारी दिए। नाका नखुल्दा जिविको पार्जनमा चंखेलीबासीलाई समस्या भएको तामाङले बताए। टाँकोनाकाबाट नुन,तेल,लुगाकपडा,खाद्यान्न चीनबाट नआएको पाँच वर्ष भइसकेको चंखेली गाउँपालिका-५ का दलवीर तामाङले बताए।  

जननिर्वाचित जनप्रतिनिधिहरूले नै नाका खुलाउन पहल नगरेपछि चंखेली गाउँपालिकाबासीहरू मर्कामा परेको तामाङको भनाइ छ। नाका खुल्ने आशैआशमा चंखेली गाउँपालिका पर्खेर बसेको तामाङले भने । 

टाँके नाका पाँच वर्षदेखि नखुल्दा चंखेली ,सर्केगाड,अदानचुली,ताजाकोट गाउँपालिका नागरिकहरूलाई समेत असर परेको छ।



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.