शिवले रचेका सृष्टिका थुँगा
शिवले रचेका सृष्टिका थुँगा,
तपस्वी बनेर जीवन बिताऊँ,
ज्ञान र ध्यानको झोली है भिरी,
आत्मालाई चिनेर मेरा बाबा ! आत्मालाई चिनेर।
शत्मार्ग बाटोलिई अँगालाभरि,
पुग्नु छ हिँडेर मेरा बाबा ! पुग्नु छ हिँडेर।
त्यो दिव्य दृष्टि नि परमात्मासित,
ध्यानले भेटिने मेरा बाबा ! ध्यानले भेटिने।
आनन्द सागरमा डुबुल्की मार्दै,
भोक प्यास मेटिने मेरा बाबा ! भोक प्यास मेटिने।
यी हाम्रा पाखुरी, यी हस्तरेखा,
सेवाकै मर्ममा मेरा बाबा ! सेवाकै मर्ममा।
मान्नु नै पर्छ नि संस्कार हाम्रो,
मानव धर्ममा मेरा बाबा ! मानव धर्ममा।