बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

ढल्केवर(धनुषा) : महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढुंङ्ग्रे खोलामा आएको भीषण बाढीले महोत्तरीको बर्दिवासस्थित बेलगाछि पुलको पश्चिमतर्फको सडक बगाएको महोत्तरी प्रहरीले जनाएको छ ।

बाढीले बुधबार बिहान २ बजेतिर टुटेश्वर चोक नजिकैको बेलगाछि पुलको पश्चिमपट्टी करिब ५ फिट सडक बगाएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवारले अन्नपूर्णलाई जानकारी दिए । अहिले पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको उनले बताए । 

प्रहरी नायव उपरीक्षक जैसवारका अनुसार तत्कालका लागि डाइभर्सन गरेर सवारी साधनलाई गन्तव्यतर्फ पुर्‍याउने काम भएको छ । ‘साना चारपाङ्ग्रेसम्मको सवारी साधनलाई माइस्थान चोकबाट गौशालाहुँदै लक्ष्मीनियाँ चोक निस्कने गरी डाइभर्सन गरिएको छ । ठूला मालबाहक सवारी साधनलाई गौशाला, कान्तिबजार हुँदै हुलाकी सडकमा जोड्ने डाइभर्सन सञ्चालन गरेका छौं,’प्रहरी नायव उपरीक्षक जैसवारले भने ।

उनले जिल्लाबाट सडक निरीक्षणका लागि टोली खटिएको जनाए । ‘सीडीओ साबको नेतृत्वमा निरीक्षण टोली खटिएको छ । तत्कालै केही उपाय लगाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयासमा लागेका छौं,’उनले भने । पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा ३० किलोमिटरभन्दा लामो दुरीको डाइभर्सन प्रयोग गर्नुपर्ने बाध्यता भएको छ । राजमार्गअन्तर्गत महोत्तरीमा पर्ने अधिकांश पुलहरू जीर्ण अवस्थामा रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.