जहाजभित्र एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक प्रहरी खोरमा

जहाजभित्र एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक प्रहरी खोरमा
जहाजभित्र एयरहोस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ओझा। तस्बिर : अन्नपूर्ण

धनगढी : मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई जिस्काउने र दुर्व्यवहार गरेको आरोपमा कैलालीको गोदावरीका एक युवक प्रहरीको खोरमा पुगेका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको छ । उनलाई धनगढी विमानस्थलमा उत्रिने वित्तिकै प्रहरीले पक्राउ गरेको थियो । 

यस्तो थियो घटना 

मंगलबार त्रिभुवन विमानस्थलबाट ४ बजे उडने श्री एयरलाईन्सको जहाज (उडान नं. २२५) ५० मिनेट ढिलोगरी ४ :५० बजे धनगढीका लागि उडेको थियो । जहाज उडेलगत्तै ओझाले दुईजना एयरहोस्टेजमध्ये एक जनालाई जिस्काउन थाले । श्रीएयरलाइन्सका धनगढी स्टेशन म्यानेजर गजेन्द्र शाहीले दिएको जानकारी अनुसार ती यात्रुले सबैभन्दा पहिला सिटबेल्ट लगाउन मानेनन् । एयरहोस्टेजले पटक–पटक सिटबेल्ट लगाउन भन्दा मानेन उल्टै जिस्काइरहे । त्यसपछि उनले सीटको ह्याण्डिल (हातराख्ने ठाउँ) मा खुट्टा राखेर ग्यालरीमा हिँडन असहज हुने हर्कत गरे ।

उनले जहाजको ग्यालरीमा पानी र पेय पदार्थ दिन आउने बेलामा एयरहोस्टेजलाई खुट्टा लाग्ने गरी अटेर गरिरहे । ‘तीन/चार पटक अनुरोध गर्दा पनि नमानेपछि एयरहोस्टेजले क्याप्टेन सुगम धिमिरेलाई जानकारी गराइन् । त्यतिबेला काठमाडौंबाट जहाज आधा समय उडिसकेको थियो,'स्टेशन म्यानेजर शाहीले भने ।

‘यस्तो अवस्था आएमा प्रायजसो क्याप्टेनले जहाज डाइभर्ट गर्नैपर्छ । क्याप्टेनले यात्रु र उडान दलका सदस्यको सुरक्षाका लागि भन्दै प्राय जहाज फर्काएका उदाहरण पनि छन्,'शाहीले भने, ‘तर, क्याप्टेन घिमिरेले घटनाको जानकारी नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई गराए । प्राधिकरणले प्रहरीलाई जानकारी गरायो । जहाज अवतरण हुने बित्तिकै ओझा धनगढी विमानस्थलबाटै पक्राउ परे ।’

श्रीययरलाइन्सको उडान नं. २२५ को उक्त जहाज क्याप्टेन सुगम घिमिरे र अलिस आचार्यले उडाइरहेका थिए । काठमाडौंमा जहाज चढने बेला पनि ती युवकको एकजना यात्रुसँग भनाभन भएको थियो । जहाजमा अन्तिम समयमा चढेका ती युवक १ नम्बर सीटमा बसेका थिए । उक्त सीट एयरहोस्टेज बस्ने ढोका नजिकै हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.