दूध बेच्ने किसानलाई ६५ लाख अनुदान

दूध बेच्ने किसानलाई ६५ लाख अनुदान
फाइल तस्बिर

स्याङ्जा : गल्याङ नगरपालिकाले प्रतिलिटर १५ रुपैया अनुदान दिन थालेपछि यहाँ कृषि तथा पशुपालनमा आकर्षण बढेको छ। जसका कारण किसान र पशु संख्यामा पनि वृद्धि भएको छ। किसानले उन्नत तथा स्थानीय जातका गाई भैँसी पालनगरी मनग्ये आम्दानी गर्न थालेका छन्। 

नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानका लागि घाँस, दूध राख्ने भाडा, जुका, माटे लगायतका औषधी, गोबर परीक्षण, गोठ सुधार, पशु प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। गएको वर्ष नगरपालिकाबाट एक व्यक्तिले मात्र ४ लाख ३६ हजार नगद अनुदान पाए। यसैगरी, सहकारीले करिब १३ लाख ११ हजार रुपैयाँ पायो। 

दूध बिक्री गरेर आय आर्जन गर्ने किसानलाई लक्षित गर्दै नगरपालिकाले गएको वर्षमात्र ६४ लाख ८७ हजार ९६५ रुपैयाँ वितरण गरेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए।  

कृषि मार्फत परिवर्तन र समृद्धि सम्भव भएकाले कृषिमा आकर्षण बढाउनेगरी विभिन्न खालका कृषि सम्बन्धी कार्यक्रम सञ्चालन र निरन्तरता दिँदै आएको उनको भनाइ छ। 

किसानले प्रति लिटर दूधको मूल्य ८५ देखि ११० रुपैयाँसम्म पाउने गरेका छन्। सो बाहेक नगरपालिकाले पनि प्रतिलिटर १५ रुपैयाँ उपलब्ध गराउँदै आएको हो। नगरपालिकामा स्थानीय तथा उन्नत जातका ८ हजार ५० भैंसी र ७ सय ५० वटा गाई छन्। उन्नत जातका ४ वटा साढे र १ सय ४ वटा राँगो रहेको पशु शाखाले जनाएको छ।  

गत वर्ष पालिकामा ४ लाख ३२ हजार ५३१ लिटर दूध निर्यात भएको नगरपालिकाले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.