संगीत गुरू कामतको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो

संगीत गुरू कामतको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो

जनकपुर : मधेस प्रदेश सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ । गायक कामतको गत बिहीबार निधन भएको थियो ।

कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए।

आज दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । सिरहाको पतारी गाउँपालिका–२ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो ।

उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। काठमाडौंमा बस्दै आएका उनी आर्थिक संकटका कारण उपचार गराउन नसकेपछि एक महिनाअघि गाउँ फर्किएका थिए।  शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए । 

कामतको २०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा जन्म भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.