विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान

विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान

विराटनगर : अत्यधिक सवारी चापका कारण अस्तव्यस्त बन्दै गएको कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ। 

विराटनगर महानगरपालिका–२, ३, ४ र ५ को संगमस्थल बरगाछीमा जडान गरिएको लाइटको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सोमबार उद्घाटन गरेका छन्। लाइट जडान भएसँगै सवारी आवागमन सहज हुने र सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने मन्त्री अधिकारीले बताए। 

उनका अनुसार ट्राफिक लाइटले सडक सुशासन कायम गर्न र पैदल यात्री तथा सवारीसाधनलाई सहज ढंगले सडक पार गर्न सहयोग पुग्ने छ। जनघनत्व र सवारीसाधनको चाप बढी भएका स्थानको छनोट गरेर आगामी दिनमा लाइट जडान गर्दै लैजाने योजना रहेको अधिकारीले सुनाए। उनका अनुसार केही दिनभित्र उदयपुरमा पनि ट्राफिक लाइट सञ्चालनमा ल्याइने छ। 

विराटनगरको बरगाछी चोकमा कोशी लोकमार्ग र सहायक सडक पार गर्न चारवटै कोणमा लाइट जडान गरिएको मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए। उनका अनुसार ट्राफिक लाइट उद्घाटनलगत्तै सवारी चालक र सर्वसाधारणका लागि ट्राफिक सचेतनासमेत गरिएको थियो। मन्त्रालयको २३ लाख रुपैयाँको लागतमा लाइट जडान गरेको उनले बताए।

लाइट उद्घाटन कार्यक्रममा निमित्त सचिव थापासहित, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भीमबहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेल, मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की, मोरङ ट्राफिक प्रमुख इन्सपेक्टर सुमन न्यौपानेलगायतको उपस्थिति थियो। 

बरगाछीमा उत्तर–दक्षिण र पूर्व–पश्चिम जाने सडक सडक छ। ट्राफिक व्यवस्थापन मिलाउन नसक्दा सवारी जाम र दुर्घटना अत्यधिक हुने गरेको थियो। लाइटको प्राविधिक पक्षलगायतको परीक्षण यसअघि गरिएको थियो। परीक्षण सफल भएपछि उद्घाटन गरेर सञ्चालनमा ल्याइएको मन्त्रालयका सचिव थापाले बताए। उनका अनुसार ट्राफिक लाइटमा सबैलाई अभ्यस्त बनाउन यसअघिदेखि नै सचेतनामूलक कार्यक्रम गरिँदै आएको थियो। 

लाइट एक महिनाअघि जडान गरिएको भए पनि सञ्चालनका लागि जेब्राक्रस निर्माण र प्राविधिक पक्षको उचित व्यवस्थापन गर्न समय लागेको हो। कोशी प्रदेशको इटहरी र दमकमा यसअघि नै लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ। विराटनगरको अन्य स्थानमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको जनाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.