डोरीको सहयोगले चुच्चे भीरको यात्रा

डोरीको सहयोगले चुच्चे भीरको यात्रा

रुकुम पूर्व : रुकुम पूर्वको देउखोलादेखि करिब डेढ सय मिटर अगाडिको भालुखाप्चे भीरमा पहिरो गएर अवरुद्ध भएको पदमार्ग अझै पनि सञ्चालन हुन सकेको छैन। उक्त ठाउँमा डेढ हप्ता पहिला अत्यधिक वर्षाको कारण ठूलो पहिरो खसेको थियो।

त्यसको एक दिनपछि नायगाडवासी युवाहरूको सक्रियतामा विभिन्न स्थानीय स्रोत साधनहरूको प्रयोग गरि पदमार्ग सुचारु गरेका थिए। तर त्यही ठाउँमा फेरि सोही दिन राति आएको पहिरोले उक्त पदमार्ग खण्ड सानिभेरी तिरमा पुर्‍यायो।

पटक पटक पहल गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको सिस्ने गाउँपालिका-२ का स्थानीयको गुनासो छ। उक्त ठाउँमा अहिले नागरिकहरू डोरीको सहयोगले ताछिएको चुच्चे भीरमा जोखिम पूर्ण यात्रा गर्नुपरेको हिमशिखर आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर खत्रीले बताए। 

वृद्ध अवस्था, बिरामी, बालबालिका लगायत गर्भवती तथा सुत्केरी महिलाहरूलाई झनै कठिन अवस्था बनेको उनी बताउँछन्। उक्त भालुखाप्चे पद मार्ग सिस्ने गाउँपालिकाको वडा नम्बर १ र २ तथा पुथा उत्तरगंगा गाउँपालिकाको ७, ८ र १४ नम्बर वडाका नागरिकका लागि प्रमुख पदयात्राका रूपमा लिइन्छ। बाटो अवरुद्ध भएसँगै व्यापार व्यवसाय र दैनिक उपभोग्य सामान ढुवानीको अवस्था ठप्प भएको छ।

यहाँ अझैसम्म सडक सञ्जालले छुन सकेको छैन। नागरिकले आशा र भरोसा गरेका सम्बन्धी निकायका प्रतिनिधिहरूले भने पहिरो गएको अवरुद्ध पदमार्गको  स्थलगत अनुगमन बाहेक अरू कुनै पहलकदमी नगरेको यस क्षेत्रका नागरिकको आक्रोस छ। उक्त खण्डमा सडक सञ्जालको काम प्रभावकारी ढंगले अगाडि बढ्न नसक्दा यस क्षेत्रका नागरिकले सास्ती पाउँदै आएका छन्।

तर विभिन्न राजनीतिक दल तथा सम्बन्धित निकायहरूले भने यो क्षेत्रलाई छिट्टै सडक सञ्जालमा जोड्ने आश्वासन दिँदै आएका छन्। 

nullnullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.