डोरीले बस तान्दै यात्रु

डोरीले बस तान्दै यात्रु
बेनीघाट, आरुघाट लार्के सडकको अजुवाखोला पुलजिपमा बस तान्दै यात्रु। तस्बिर : भीमप्रसाद गुरुङ

गोरखा : के तपाईं आजभोलि बेनीघाट आरुघाट लार्के सडकमा यात्रा गर्ने तयारी गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने पाखुरा र तीघ्रामा घ्यु घस्दै गर्नुहोस् अनि, तागतिलो खाना खाएर बल संग्रह गर्दै गर्नुहोला। किनभने आर्खेत सोती खण्डको अजुवाखोलामा तपाईंले पक्का पनि बसलाई डोरीले बाँधेर तान्नुपर्ने छ। 

अजुवाखोला पुलको एकातर्फ हिलोमा बस फस्छ। अर्काेतर्फ उकालोमा बस चढ्न सक्दैन। यी दुवै पुलजिपमा भएभरका यात्रु ओर्लेर बसलाई तान्ने र धकेल्ने गर्नुपर्छ। तान्न, धकेल्न सकिएन भने यात्रा रद्ध हुन्छ। ‘यो बर्खामा माछाखोलासम्म त बस चल्दैन। जिप मात्र चल्छ। 

बल्लतल्ल सोतीसम्म जाने हो’, आर्खेतसम्म जानेबाटो साह्रै सकसपूर्ण छ’, जिप चालक विकास गुरुङ भन्छन्, ‘जिप त जसोतसो चल्छ, बसलाई साह्रै धामा छ।’ पुलजीपको उकालो चढ्न कुनै बसलाई एक दुई घण्टासम्म लाग्ने, कुनैले यात्रा रद्ध गर्ने उनले बताए। लामो समयसम्म क्रोनिक बनेर बल्लतल्ल हालसालै बनेको अजुवाखोला पुलको संरचना सवारीमैत्री नहुँदा यस्तो आपतविपद्् सहनु परेको हो। 

‘पुलजिपको उकालोमा बस चढ्नै सक्दैन। त्यसमाथि पानीले गर्दा बस घन्टौंघण्टा भुतभूति खेल्छ’, यातायात व्यवसायी पूर्ण गुरुङ भन्छन्, ‘सोतीबाट ८ बजे छुटेको बस १० बजेसम्म अजुवाखोलामै अड्किन्छ। कुनैले दुई घण्टा लाइदिन्छ। कुनैले सक्दै नसकेपछि क्यू क्यान्सिल गरिदिन्छ, कुनैले दुई हजार खर्च गरेर ट्र्याक्टर लाएर तान्छन्।’ पुल बनाउने ठेकेदारले काममा लापरबाही गरिदिँदा दुःख पाएको उनको भनाइ छ।

आरुघाट गाउँपालिका ३ र ४ जोड्ने अजुवाखोला पुलको निर्माण गर्दा ठेकेदारले काम कमसल गरेको र गाउँपालिकाले पनि बेवास्ता गरेकाले समस्या भोग्नु परेको उनको भनाइ छ। ‘रोडबाट पुलको जिपसम्म चढ्ने ठाउँ त ग्रेडिङ मिलाउनुपर्छ नि ! तर ठेकेदार काम बिगारेर छोडेर गयो’, गुरुङले भने, ‘यात्रुले यस्तो दुःख पाइरहेका छन्, मिलाइदिनुपर्‍यो भनेर गाउँपालिका अध्यक्षलाई भन्दा सधैं भोलिभोलि भनेर टारिरहन्छन्।’ 

काम सम्पन्न नहुँदै गोरखा एप्रोप्रियट निर्माण कम्पनीले अधकल्चो पारेर गएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए। ‘पुलको एउटा जिपमा पानीको आहाल छ, अर्को जिप ठाडै उकालो छ। गे्रडिङ मिलाएर मात्र साइट छाड्न भनेका थियौं, तर कन्ट्र्याक्टरले अटेरी गरी साइट छाडेर गए’, गुरुङले भने, ‘एक्साभेटर बिग्रियो भन्ने निहुँ पारेर जान लागेका थिए, प्रहरीलाई अनुरोध गरेर एक्साभेटर इप्रकाबाट अगाडि जान दिएनौं। 
त्यहीँ राख्न लगायौँ।’ गाउँपालिकाले छिट्टै मर्मत गरिदिने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.