नेपालीले आफ्नो विवाद आफैँ समाधान गर्न सक्छन् भन्ने ‘युनिक’ सन्देश विश्वलाई दिएको छ : देउवा

नेपालीले आफ्नो विवाद आफैँ समाधान गर्न सक्छन् भन्ने ‘युनिक’ सन्देश विश्वलाई दिएको छ : देउवा
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलबीच भएको सहमतिले नेपालको शान्ति प्रक्रियालाई नेपाली आफैँले समाधान सक्षम छन् भन्ने सन्देश दिएको बताएका छन्।

सिंहदरबारमा आयोजित कार्यक्रममा संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलमा भएको सहमतिको प्रतिवेदनलाई बुझ्दै उनले नेपालीले आफ्नो विवाद आफैँले समाधान गर्न सक्छन् भन्ने उदाहरण दिएको बताएका हुन्।  

पूर्वप्रधानमन्त्री देउवाले भने,‘टीआरसीमा देखिएको विमतिका विषय समाधान गर्न गठित कार्यदलले नेपालीले आफ्नो विवाद आफैँले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिइ विश्वलाई अनुकरणीय उदाहरण दिएको छ।’ उनले सहमति कार्यान्वयनमा सहमति मिलोस् भन्ने कामना गरेका छन्। null

उनले सहमति गर्न प्रयास गर्ने कार्यदलका सदस्यहरुलाई धन्यवादसमेत दिए।

तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको हो। नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यदलले प्रतिवेदन बुझेका हुन्।

प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो। कार्यदलमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए।

मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरुको क्षतिपूर्ति, सजायका विषयमा पीडितमैत्री भई सहमति निकालिएको गृहमन्त्री लेखकले जानकारी दिए।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.