नेपाल आएको तीन दिनमै चिनियाँ पर्यटकले गुमाए ज्यान

नेपाल आएको तीन दिनमै चिनियाँ पर्यटकले गुमाए ज्यान
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चिनियाँ पर्यटकहरू तीन दिनअघि मात्रै नेपाल आएको पाइएको छ। साउन २१ गते सोमबार विहान ९ बजे उनीहरू स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए।

चारै जना चिनियाँ पर्यटक रसुवाको केरुङ नाका हुँदै नेपाल प्रवेश गरेका थिए। बहुप्रवेशसी भिसामा नेपाल आएका उनीहरूले तेस्रो दिनमै ज्यान गुमएका हुन्। बुधबार विहान उनीहरू एयर डाइनेस्टीको हेलिकोप्टरबाट काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेका थिए। उडेको तीन मिनेटमै हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो।

दुर्घटनामा चिनियाँ पर्यटक ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीया महिला वु यीयाओले ज्यान गुमएका हुन्। मृतकमध्ये तीन पुरुष सिचुवान प्रान्तका हुन् भने महिला ग्वान्झाउकी हुन्। 

नाइएन-एजेडी कलसाइन हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। दुर्घटनामा क्याप्टेन मल्लाको पनि मृत्यु भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.