भरुवा बन्दुक र चोरीका सामानसहित तीनजना पक्राउ

भरुवा बन्दुक र चोरीका सामानसहित तीनजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : झापामा भरुवा बन्दुक र चोरीका सामानसहित तीनजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । 

आदित्यको साथबाट चाँदीको १ थान सिक्री, टेलिकमको ५० दरको १९ थान रिचार्ज कार्ड, छिरिङको साथबाट चाँदीको औँठी २ थान, चाँदीको पाउजु–२ थान र चाँदीको सिक्री–१ थान, एनसेलको रु ५० दरको रिचार्ज कार्ड ५–थान र निखिलको साथबाट १ थान चाँदीको सिक्री बरामद गरिएको डीएसपी चन्दले बताए । 

प्रहरीले छिरिङको घरबाट लुकाइछिपाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक समेत फेला पारेको उनले बताए । गत साउन २५ गते राति साढे १० बजेको समयमा अर्जुनधारा–७ स्थित मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाई चोरी भएको सूचना पछि प्रहरीले अनुसन्धान थालेको थियो । 

अनुसन्धानका क्रममा प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा–४ देवान चोकमा बसोबास गर्ने ती युवाहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.