व्यक्तिगत खर्चमा पदमार्ग निर्माण

व्यक्तिगत खर्चमा पदमार्ग निर्माण
सुन्नुहोस्

रुकुमपूर्व : रुकुमपूर्वको एक ठाउँमा व्यक्तिगत खर्चमा पदमार्ग निर्माण गरिएको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका-१४ स्थित भालुखाप्चे भीरमा पदमार्ग निर्माण गरिएको हो। 

पहिरोले पदमार्ग बगाएको झण्डै आधा महिनापछि नयाँ पदमार्ग निर्माण गरिएको छ। सिस्ने-२ का पूर्व वडाध्यक्ष जीवन केसी लगायत करिब २० जना युवाले पदमार्ग निर्माणका लागि जोखिम मोलेरै काम गरेका छन्।

काम थालनी गरेको ६ दिनपछि पदमार्ग निर्माण भएको छ। करिब दुई लाख बजेटमा पाँच सय मिटर लामो पदमार्ग निर्माण गरिएको छ। कुनै पनि सरकारी निकायबाट पदमार्ग निर्माणको लागि बजेट प्राप्त नभएपछि सिस्ने गाउँपालिका-२ का निर्माण व्यवसायी तथा समाजसेवी नरहरि खड्काले पदमार्ग निर्माणको लागि आर्थिक सहयोग गरेका छन्।

पुरानो पदमार्ग पहिरोले बगाएपछि वैकल्पिक रूपमा नयाँ पदमार्ग निर्माण गरिएको छ। पदमार्ग पहिरोले बगाए देखि सिस्ने गाउँपालिका वडा नम्बर १ र २ तथा पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर ७, ८, ९ र १४ नम्बर वडाका सर्वसाधारण जोखिम मोलेर डोरीको भरमा केही दिन यता यात्रा गर्नुपर्ने बाध्यता थियो।

पदमार्ग निर्माण भए सँगै उक्त क्षेत्रका नागरीकहरूलाई सहज भएको छ। यस क्षेत्रमा अहिलेसम्म सडक विस्तार हुन सकेको छैन। यहाँका सर्वसाधारणलाई वर्षौदेखि ज्यानको बाजी राखेर यात्रा गर्नुपर्ने बाध्यता छ।

समाजसेवी खड्काले जनताले पदमार्ग अभावको कारण जोखिममा यात्रा गर्दा पनि सरकारवालाहरूको ध्यान नगएपछि व्यक्तिगत रूपमा सहयोग गरेर पदमार्ग निर्माण गरेको बताए। सिस्ने गाउँपालिकाको १ र २ तथा पुथाउत्तरगंगाको ७, ८, ९ र १४ नम्बर वडाका जनताले लामो समयदेखि जोखिममा यात्रा गर्दा पनि सरकारी पक्षबाट वास्ता नहुन दुःख भएको उनको भनाइ छ। अझै सम्म पनि सिस्ने गाउँपालिका १ र २ नम्बर वडामा सडक सञ्जाल पुगेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.