देवी खोलामा नुहाउन गएका बालकको डुबेर मृत्यु
झापा : झापाको भद्रपुर नगरपालिका –१ स्थित देवी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा सोही ठाउँका स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आइतबार बेलुका ५ बजे खोलामा खेल्ने क्रममा ती बालक डुबेको अवस्थामा स्थानीयले देखेर उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । अस्पताल पुर्याउनासाथ चिकित्सकले चेकजाँच गर्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
शवको कानुनी प्रक्रियापछि पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।