संसदीय समितिको बैठक

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारणको स्थानान्तरणबारे छलफल हुँदै

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारणको स्थानान्तरणबारे छलफल हुँदै
सुन्नुहोस्

काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल आयल निगमको इन्धन भण्डारणको विषयमा छलफल हुने भएको छ। बिहीबार बिहान ११ बजे सिंहदरबारमा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार संसदीय अध्ययन तथा सुझाव समिति (पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न अध्ययन गरी राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने) प्रतिवेदन, २०७१ ले वैकल्पिक उर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा दिएको निर्देशनको हालसम्मको कार्यान्वयनको अवस्था र पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादक कियान केमिकल इन्डस्ट्रिज प्रा.लि.को निवेदनलगायतका विषयमा छल‌फल हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारण खतरा रहेको भनी आइरहेको विषयप्रति चासो राखेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको खतरा भनिएको भण्डारणलाई अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई उनले निर्देशनसमेत दिएका थिए।

त्रिभुवन विमानस्थल नजिकै सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि डिपो स्थानान्तरणको विषयले प्राथमिकता पाएको हो। जहाज दुर्घटना हुँदा इन्धनकै कारण तत्काल आगलागी भएर यात्रुको मृत्यु हुने गरेको छ। 

डिपोको सुरक्षित स्थानान्तरका लागि अध्ययन गर्दा गुह्येश्वरीस्थित गल्फ कोर्सनजिकै डिपो निर्माण गर्न उपयुक्त हुने बताइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रन–वे) नजिकै रहेको हवाई इन्धन डिपो रहेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार ‘ट्याक्सी–वे’बाट पनि कम्तिमा ९० मिटर टाढा इन्धन भण्डारण हुनुपर्ने उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.