युक्रेनलाई ५१ डलर चन्दा दिएको अभियोगमा १२ वर्षको जेल सजाय

युक्रेनलाई ५१ डलर चन्दा दिएको अभियोगमा १२ वर्षको जेल सजाय
सुन्नुहोस्

अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई बिहीबार एक रुसी अदालतमा देशद्रोहको आरोपमा दोषी ठहर गरिएको छ । युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएको आरोपमा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको छ । 

रुसी अधिकारीहरूले केन्सिया क्यारेलिना नामले चिनिने खवानालाई फेब्रुअरीमा येकातेरिनबर्गको युराल पर्वतीय सहरमा पक्राउ गरेको र गत साता बन्द परीक्षणमा दोषी ठहर गरिएको बताइएको छ । 

पूर्व ब्याले डान्सर ३३ वर्षीय खवानाले कथित रूपमा एक अमेरिकीसँग विवाह गरेर लस एन्जलस गएपछि अमेरिकी नागरिकता प्राप्त गरेकी थिइन् । उनी आफ्ना परिवारसँग भेट्न रुस आएकी थिइन् । 

रुसको सङ्घीय सुरक्षा सेवाले भनको छ, 'उनले युक्रेनी सङ्गठनको हितमा सक्रियरूपमा पैसा सङ्कलन गरिन्, जुन पछि युक्रेनी सशस्त्र बलका लागि रणनीतिक चिकित्सा आपूर्ति, उपकरण, हतियार र गोलाबारुद किन्न प्रयोग गरियो ।'

अधिकार समूह द फर्स्ट डिपार्टमेन्टले उक्त आरोप अमेरिकी परोपकारी संस्थाका लागि दिइएको ५१ डलर चन्दासँग सम्बन्धित भएको बताएको छ । मुद्दाको परीक्षण मस्कोबाट करिब एक हजार चार सय १६ किलोमिटर पूर्व येकातेरिनबर्गमा भएको थियो । 

खवानाले फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना बनाएको उनका वकिल मिखाइल मुसाइलोभले बताए। 'खवानाले चन्दा दिएको कुरालाई आंशिक रूपमा स्वीकार गरेकी छन् तर चन्दा प्राप्त हुने अधिक संभावना भएका सङ्गठनहरूलाई चन्दा दिने आफ्नो मनसायलाई स्वीकार गरिनन्', मुसाइलोभले भने, 'आफूले दिएको चन्दाको प्रयोग रुसीविरोधी कार्यका लागि गरिनेछ भन्ने उनले सोचेकी थिइनन् ।'

सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि रुसले असहमतिमाथि कडा कारबाही गर्दै युक्रेनमा अपरेसनको आलोचना र रुसी सेनाको बदनाम गर्ने टिप्पणीहरूलाई अपराधीकरण गर्ने कानून पारित गरेको छ । रासस
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.