स्वतन्त्र पत्रकार, कन्टेन्ट क्रियटर र पोडकास्टरलाई पनि ह्वाइट हाउसमा रिपोर्टिङ गर्न ट्रम्पले दिए मान्यता

स्वतन्त्र पत्रकार, कन्टेन्ट क्रियटर र पोडकास्टरलाई पनि ह्वाइट हाउसमा रिपोर्टिङ गर्न ट्रम्पले दिए मान्यता
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिट

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्र पत्रकारसहित कन्टेन्ट क्रियटरहरूलाई पनि ह्वाइट हाउसमा रिपोर्टिङका लागि मान्यता दिएको छ। ट्रम्प प्रशासनले स्वतन्त्र पत्रकार, कन्टेन्ट क्रियटर र पोडकास्टरहरूलाई पनि ह्वाइट हाउसमा रिपोर्टिङ गर्न मान्यता दिएको हो।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले प्रेस कार्डका निम्ति ७ हजार ४ सय जनाले आवेदन दिएको बताएकी छन्। आफ्नो पहिलो पत्रकार सम्मेलनमा उनले २४ घन्टाभित्र उक्त संख्यामा प्रेस पासका निम्ति आवेदन आएको बताइन्। ट्रम्प प्रशासनले आवेदन खुलाउँदै स्वतन्त्र पत्रकार, कन्टेन्ट क्रियटर र पोडकास्टरहरूलाई पनि प्रेस पास दिने घोषणा गरेको थियो। 

ट्रम्प प्रशासनले ब्लगर, सामाजिक सञ्जाल इन्फ्लुएन्सर र पोड्कास्टकर्ताहरूलाई पनि 'नयाँ मिडिया'को रूपमा सिट बाँडफाँड गर्ने घोषणा गरेको थियो। अमेरिकाका युवा पुस्ता पछिल्लो समय परम्परागत टेलिभिजन र पत्रपत्रिहरूको सट्टा ब्लग र पोडकास्टहरूमार्फत सूचना प्राप्त गरिरहेको ट्रम्प प्रशासनको बुझाइ छ। राष्ट्रपति ट्रम्पको सन्देश ठूलो जनस्तरमा पुर्‍याउनका निम्ति न्यु मिडिया अर्थात् ब्लगर र इन्फ्लुएयन्सहरूलाई पनि समेटएको लेभिटको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.