धामीझाँक्रीको भर पर्दा आमाको मृत्यु, चार बालबालिकाको बिचल्ली

धामीझाँक्रीको भर पर्दा आमाको मृत्यु, चार बालबालिकाको बिचल्ली
आमाको मृत्युपछि बिचल्ली परेका चारजना भाइबिहनी। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

'बालबच्चाको पढाइलेखाइ त परको कुरा भयो। श्रीमती हुँदा कहिलेकाही मजदुरी गर्न जिल्ला बाहिर जान्थे। अब बालबालिका कता छोडौं, के गरौं भन्ने पिरलो थपिएको छ, 'उनले भने।

हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानी गाउँकी ३५ वर्षीय धनशोभा कामीको मृत्यु भएको छ। उनको मृत्युसँगै कामीका चारजना बालबालिकाको बिचल्ली भएको छ । उच्च रक्त श्रावले एक साताअघि कामीको ज्यान गएको हो।

रक्तश्रावले थलिएकी धनशोभालाई ७/८ गाउँका धामीझाँकी राखेर झारफुक गराउँदा निको नभएपछि उपचारका लागि स्वास्थ्य केन्द्र लैजाने क्रममा मृत्यु भएको उनका श्रीमान दल कामीले बताए ।

सर्केगाड गाउँपालिका -३ को गुसा लेखबाट सर्केगाड गाउँपालिका केन्द्र उपचारका लागि लैजाने क्रममा जोगीधार भन्ने ठाउँमा उनको ज्यान भएको हो। श्रीमतीको मृत्युपछि दल शोकमा मात्रै डुबेका छैनन् चारजना छोराछोरी कसरी पाल्ने भन्ने पिरलो समेत थपिएको  छ।

उनका दुई छोरा, दुई छोरी छन् । आर्थिक अवस्था अत्यन्त दयनीय कामीलाई बालबालिकालाई साँझबिहानको छाक जुटाउन मुस्किल भएको सर्केगाड गाउँपालिका -३ का स्थानीय जनक फडेराले जानकारी दिए ।

'बालबच्चाको पढाइलेखाइ त परको कुरा भयो। श्रीमती हुँदा कहिलेकाही मजदुरी गर्न जिल्ला बाहिर जान्थे। अब बालबालिका कता छोडौं के गरौं भन्ने पिरलो थपिएको छ, 'उनले भने।

उनले बिरामी श्रीमतीलाई  उपचार गराउन जिल्ला बाहिर लैजान रकम नभएपनि धामी झाँक्री गुहार्नु परेको दुखेसो पोखे। उनले आँशु झार्दै भने,'गरिब भएर जन्मिनु पाप भयो ।पैंसा नहुँदा श्रीमती जोगाउन सकिनँ। चारजना बालबालिका छन्। साँझ बिहानको छान टार्नै मुस्किल भयो। '


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.