अन्नपूर्णकर्मी कार्कीलाई प्रदेश पत्रकारिता पुरस्कार
वीरेन्द्रनगर : कर्णाली प्रदेश पत्रकारिता पुरस्कार-२०८० बाट अन्नपूर्णकर्मी राजेन्द्र कार्कीसहित पुरस्कृत भएका छन्। अन्नपूर्ण पोष्टका जाजरकोट समाचारदाता राजेन्द्र कार्की नगद ५० हजारसहित कर्णाली प्रदेश पत्रकारिता पुरस्कार-२०८० बाट पुरस्कृत भएका हुन्।
यसैगरी अनलाइनखबरका पत्रकार यज्ञ खत्री र कान्तिपुरका कालीकोट समाचारदाता तुलराम पाण्डे पनि पुरस्कृत भएका छन्। कर्णाली सरकारले भदौ ४ गते प्रदेश स्थापना दिवसका अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो।
उनीहरुले पत्रकारितामार्फत कर्णालीको विकास र सामाजिक रुपान्तरणमा योगदान दिए बापत प्रदेश सरकारले पुरस्कृत गरेको हो।