अस्पतालको बेडबाट फरार भएका थुनुवा चार दिनपछि समातिए

अस्पतालको बेडबाट फरार भएका थुनुवा चार दिनपछि समातिए

झापा : अस्पतालको बेडबाट हतकडी फुस्काई फरार भएका थुनुवालाई चार दिनपछि प्रहरीले समातेको छ। लागूऔषध मुद्दाका फरार थुनुवा दमक नगरपालिका–३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल बिर्तामोड–१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राईलाई शनिबार बिहान ११ बजेतिर अर्जुनधारा-११ स्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

नयाँ बसपार्कस्थित घिसिङ मोटरसाइकल ग्यारेज छेउको चिया पसलको भित्रपट्टी चुरोट खाई बसिरहेको अवस्थामा उनलाई प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले पक्राउ गरेको हो।

भदौ ४ गते दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई राईलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो। बिहानको मध्यराति उनी त्यहाँबाट हतकडी फुस्काई फरार भएका थिए। राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए। थुनुवा फरार भए लगतै प्रहरी हवल्दार राईलाई निलम्बन गरी कारबाही सुरु गरिएको थियो। उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोली चार दिनदेखि खटिएका थिए। 

गत भदौ २ गते राति अन्दाजी साढे ९ बजे बिर्तामोड–१ पश्चिम बस स्ट्यान्डमा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। त्यसपछि उनलाई झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद थप गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.