कर्णाली करिडोर खार्पु-सुनाखाडा खण्ड अवरुद्ध

कर्णाली करिडोर खार्पु-सुनाखाडा खण्ड अवरुद्ध
सुन्नुहोस्

हुम्ला : कर्णाली करिडोर अन्तरगतको खार्पु सुनखाडा सडक खण्ड पुनः अवरुद्ध भएको छ। जिल्लामा नियमित रूपमा अविरल वर्षासँगै माथिबाट आएको पहिरोका कारण खार्पु सुनखाडा सडकखण्ड पुनः अवरुद्ध भएको हो। 

एकसाता यता नियमित परेको अविरल वर्षाले खार्पुनाथ गाउँपालिका–१ मुस्याडी नजिक पहिरो आउँदा बाटो अवरुद्ध बनेको सर्केगाड गाउँपालिका-३ का स्थानीय कर्ण कामीले जानकारी दिए।

उनले सडक अवरुद्ध भएपछि सवारी साधन ठप्प भएको बताए। सर्केगाडबाट सिमकोट आवतजावतमा यातायातका साधन मात्र नभई पैदलयात्रुलाई समेत कठिनाइ हुने गरेको स्थानीय कामीको भनाइ छ। 

सर्केगाडबाट खार्पुसम्म गाडीमा २ हजार र मोटरसाइकलमा ३ हजार रुपैयाँ भाडा लिने गरेको पाइएको छ। तर यो समय बाटो अवरुद्ध हुँदा पैदल मार्ग भएर आवतजावत गर्नुपर्दा निकै कठिनाइ हुने गरेको इलाका प्रशासनका प्रमुख घमानसिंह रावतले बताए।

उनले बिहीबार आफू सर्केगाडमा रहेको इलाका प्रशासन कार्यालयमा जाँदै गर्दा बाटो अवरुद्धले सास्ती खेप्नु परेको गुनासो गरे। यसअघि पनि उक्त सडक खण्डको बाटो अवरुद्ध भएको भएपनि गाउँपालिकाले ढुङ्गा माटो पन्छाएर सडक खुलाएको थियो।

नयाँ निर्माण गरिएको सडक भएकाले पनि यहाँ दैनिक दिन माथिबाट पहिरो आउँदा आवतजावतमा समस्या हुने गरेको रावतको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.