ऋषि तर्पणी
ऋषि तर्पणी पूर्णिमाको दिन,
नुहाउँछन् खोला गै मेरा बाबा नुहाउँछन् खोला गै ।
जनैको धागोलाई मन्त्रणा गरी,
काँधमा भिरेर मेरा बाबा काँधमा भिरेर ।
गुरुलाई भेटी नि दक्षिणा गरी,
घर आउँछन् फिरेर मेरा बाबा घर आउँछन् फिरेर ।
रक्षाको बन्धन नाडीमा बाँधी,
निधारमा टीका नि मेरा बाबा निधारमा टीका नि ।
आयु है बढोस्, सुख नि मिलोस्,
जनैको शिखाले मेरा बाबा जनैको शिखाले ।
उपर नयन कर्म है हुन्,
सबै छोराको हे मेरा बाबा सबै ती छोराको ।
ब्रह्मा र विष्णु नि महेशको प्रतीक,
जनैको डोरामा मेरा बाबा जनैको डोरामा ।