निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटान्स भुक्तानी गर्ने सम्बन्धी सम्झौता

निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटान्स भुक्तानी गर्ने सम्बन्धी सम्झौता
सुन्नुहोस्

निओ मनि ट्रान्सफर प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच गत भदौ २५ गते वैदेशिक रेमिटान्स बैंकिङ च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ। यस सम्झौता पत्रमा निओ मनि ट्रान्सफका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट भुक्तानी तथा फर्स्यौट विभागका प्रमुख ऋषिराम ढकालले हस्ताक्षर गरेका थिए। 

पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित निओ मनि ट्रान्सफर र देश भरी २९९ वटा शाखा कार्यलय र एक्सटेन्सन काउन्टर रहेको र विभिन्न प्रकारको बैंकिङ सेवाहरू समेत प्रदान गर्दै आएको राष्ट्रिय वाणिज्य बैंक बीचको सम्झौतापश्चात निओ मनि ट्रान्सफर मार्फत विश्वका विभिन्न स्थानहरूबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन्। 

राष्ट्रिय वाणिज्य बैंकसँगको सम्झौता सँगै निओ मनि ट्रान्सफरले अब देशभर १५००० भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ। निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो। विशेष गरी डिजिटल रेमिटान्सलाई प्राथमिकता दिने निओ मनि ट्रान्सफरले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरूबाट ग्राहकका खातामा रियल टाइम बैंक डिपोजिट सेवालाई प्रभावकारी रूपमा प्रदान गर्दै आएको छ जसले गर्दा नेपालमा रेमिटान्स भित्राई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने गर्दछ। 

यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजि करण हुने साथै यसले नेपालमा रेमिटान्स भित्राउन समेत टेवा पुर्याउने जानकारी निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.