समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्छौं : मन्त्री सुडी

समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्छौं : मन्त्री सुडी
फाइल तस्बिर।

काठमाडौं : महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्ने बताए। ४५औँ सामाजिक सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सुडीले समाजकल्याणको ऐन परिमार्जन गर्दै एकद्वार नीतिअनुसार अगाडि बढाउन सरकार लाग्ने बताएका हुन्।

उनले सामाजिक संघसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी बनाउनुपर्ने बताए। समाजसेवीप्रति समाजको मर्यादा र प्रतिष्ठा विकसित हुन सकोस्,पछि परेका वर्गको हित,पछि परेको समुदायको कल्याणमा समाजसेवीको ध्यान जान दिन समेत उनले निर्देशन दिए। समाजकल्याण परिषद्बाट हुने अनुगमन र मूल्याङ्कनलाई अझ वैज्ञानिक र प्रभावकारी बनाइने उनले बताए।

‘सुशासन र समृद्ध नेपाल, राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास, संघसंस्थाको रोजाइ’ भन्ने नाराका साथ समाज कल्याण परिषद‍्ले सामाजिक सेवा दिवस मनाएको हो । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.