खोला मिचेर बनाइएका भवन भरतपुर महानगरले भत्कायो

खोला मिचेर बनाइएका भवन भरतपुर महानगरले भत्कायो
नारायणघाटको लायन्सचोकमा रहेको लायन्स क्लबको भवन । तस्बिर : अन्नपूर्ण

चितवन : नारायणघाट बजार भएर बग्ने पुङ्गी खोला संरक्षणको काम थालेको भरतपुर महानगरपालिकाले खोला अतिक्रमण गरेर बनेका घर टहारा भत्काउन सुरू गरेको छ । खोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन ३५ दिने सूचना दिँदा पनि हटाएपछि बुधबारबाट महानगरले डोजर लगाएर भत्काउन थालेको हो ।

खोलाको अतिक्रमित जग्गा भन्दै तीन धुर जग्गामा निमार्ण भएको पाँचतले भवन भत्काउन सुरु गरेको हो । खोला मिचेर बनाएको भन्दै नारायणघाटको लायन्सचोकमा रहेको लायन्स क्लबको भवन डोजर लगाएर भत्काएको छ । पटकपटक सूचना गर्दा पनि वेवास्ता गरेपछि महानगरले नै भत्काउन थालेको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेल पुगेका थिए । ‘सार्वजनिक जग्गा मिचेर भवन बनाएर भाडामा लगाएर खाने परिपाटी देखियो । हामी नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने भनेर यसलाई तोड्न लागेका हौं , ’मेयर दाहालले भनिन् ,‘बजारमा बग्ने खोला दुर्गन्धित भएको छ । हामीले खोला संरक्षण गरेर सौन्दर्यकरणको काम अघि बढाएको हो । ’

पुङ्गी खोला संरक्षणको काम महानगरले दुई वर्षदेखि थालेको थियो । महानगरले भत्काएर खोला गुरु योजनासहित महानगरले खोला  संरक्षणको काम थालेको हो  । लायन्सचोकबाट उत्तरतर्फ खोला अतिक्रमण गरेर बनेका भवन क्रमश भत्काउँदै गएको हो । 

महानगरले मेयरकै संयोजकत्वमा खोला संरक्षण समिति बनाएको छ । सम्बन्धीत वडाका वडा अध्यक्षलाई स्थानिय संयोजक तोकिएको छ । दुईवर्ष अघिदेखि सिमाङ्कन थालेको थियो । वडा नम्बर तीनका वडा अध्यक्ष विकास थापाले निकै मिहेनत गरेर खोलाको सिमाङ्कन गरिएको बताए । ‘हामीले २०२१ सालदेखिको नक्सा खोजेर खोला खोजेका हौं , ’थापाले भने ,‘खोला सिमाङ्कन गर्न निकै गारो भयो । खोला सिमानाका जग्गाधनीको समन्वयबाटै सिमाङ्कन गरेका हौं ।'

लायन्सचोकबाट सुरु गरेर क्षेत्रपुरसम्म भत्काउँदै लगिएको छ । पुङ्ग खोला सबैभन्दा बढी वडा नम्बर दुई, तीन र चारमा बढी भाग पर्छ । सुरुवातमा ३५ दिने सुचना ,त्यसपछि सात दिने सूचना दिएर भत्काउन थालेको भरतपुर महानगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष मनोज रानाभाटले बताए । ‘यसअघि नापी गरेर सिमाना कायम गरेर सूचना जारी गरेका थियौं । त्यसै अनुसार भत्काउन थालेका हौं ,’रानाभाटले भने , ‘ अहिले सूचना दिँदै हामीले सामान्य भत्काएका हौं । त्यसपछि उहाँहरूले आफै भत्काउने कुरा छ । नभत्काए हामीले नै भत्काउने हो । ’ 

गणेशथान क्षेत्रदेखि  रामघाटहुँदै नारायणी नदीमा मिसिन्छ । रामघाट तर्फ दुवैतर्फ ३५५/३५५ मिटर क्षेत्रमा सौन्दर्यीकरण गरिएको छ । खोला किनारमा वृक्षरोपण गरेर टायल विछ्याएर फुटरेल, रिटेनिङ वाल, रेलिङसहितको  संरचना बनाइएको छ । खोला किनारमा पर्यटकले चिया, खाजा खाने स्टेसन, विश्रामस्थल र खुला व्यायामशाला निमार्ण गरिएको छ । यसलाई गणेशस्थानसम्म संरचना बनाउने योजना महानगरको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँको लागतमा पुङ्गी खोला विकास तथा सौन्दर्यकरण कोरिडोर निर्माण गर्न लागिएको हो । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.