काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना : एक जनाको मृत्यु, ५ घाइते

काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना : एक जनाको मृत्यु, ५ घाइते
तस्बिर : देवचन्द्र भट्ट

नुवाकोट : नुवाकोटको काफलडाँडामा हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शिवपुरी गाउँपालिका- ८ काफलडाँडामा शनिबार काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जाने क्रममा बा १४ च ३८५४ नम्बरको निजी हाइलक्स गाडी सडकबाट ५० मिटर तल खसेको हो। 

दुर्घटनामा काठमाडौंको तारकेश्वर नगरपालिका- ९ का ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । 

दुर्घटनामा चालक काठमाडौंको तारकेश्वर १ का ४६ वर्षीय विश्वनाथ अधिकारी, नागार्जुन- ३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर ९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल र ५१ वर्षीया गायत्री खनाल घाइते भएको प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका  खनालको काठमाडौको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा ज्यान गएको हो । 

दुर्घटनालगत्तै स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घाइतेहरुको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.