राताम्मे भित्तामा ५ तलाको ४० कोठे गुफा

राताम्मे भित्तामा ५ तलाको ४० कोठे गुफा
छोसेरका स्थानीय र क्लबको स्वामित्वमा रहेको सिजा झोङ गुफालाई पछिल्लो समय स्थानीय तहलाई हस्तान्तरण गरिनुपर्ने बहस चलेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ—१ छोसेरमा अवस्थित १५५ फिट अग्लो ५ तलाको ४० कोठे मानवनिर्मित गुफा । तस्बिर : विकास केसी

जोमसोम : रातो रंगले लेपन लगाएजस्तै कलात्मक पहाड, त्यसमै गुफा । झट्ट हेर्दा भित्तामा केही कुँदेको होला जस्तो लाग्छ । तर, गुफामा प्रवेश गरेपछि जो कोहीले भन्छ– वाहा । कसले किन यति भव्य गुफा बनायो होला ?      लोमान्थाङ—१ छोसेरस्थित सिजा झोङ गुफा झन्डै १५५ फिट अग्लो छ । ५ तलाको छ । गुफाभित्र ४० वटा कोठा छन । जुन, निकै कलात्मक छन् । सदिऔं वर्षपहिले भित्तामा कुँदेर यो गुफा बनाइएको हो ।

उपल्लो मुस्ताङ घुम्न आउने स्वदेशी÷विदेशी पर्यटकको रोजाइमा यो गुफा पर्ने गरेको छ । लोमान्थाङ—१ छोसेरमा अवस्थित सिजा झोङ गुफाले चर्चा बटुल्न थालेको छ । विगतमा गुमनाम जस्तै थियो । उपल्लो मुस्ताङको लोमान्थाङ बजारदेखि उत्तर करिब ७ किमिमा यो गुफा छ । जोमसोम—कोरला सडकको नजिकै पर्छ । जोमसोम—कोरला सडकमार्गअन्तर्गत छोसेरस्थित नेचुङ भन्सार कार्यालयबाट पश्चिमतर्फ मोडिएमा केहीबेरको यात्रा तय गरेपछि गुफा भएको स्थानमा पुग्न सकिन्छ ।

सडकमार्गबाटै प्रस्टसँग देखिने गुफा रहेको पहाडलाई रातो रंगले लेपन लगाएको जस्तै देखिन्छ । पछिल्लो समय कोरलानाका अवलोकन गरी फर्किएका पर्यटकहरू छोसेरको सिजा झोङ गुफा अवलोकन गर्न छुटाउँदैनन् । उपल्लो मुस्ताङ भ्रमणका लागि  पुगेका विदेशी पर्यटकले समेत गुफाको अवलोकन गरेर फर्किने गरेको पाइएको छ ।

समुद्री सतहको ३ हजार ७ सय ९५ मिटरको उचाइमा चारैतिर हरियालीबिनाको नाङ्गो पहाडको भित्तामा यो गुफा छ । गुफा हेर्दा लाग्छ, वास्तविक मूर्तिकारको उत्कृष्ट कृतिको रूपमा निर्माण गरेका हुन् । गुफाका कोठा एकआपसमा जोडिएका छन् । गुफाभित्र माथिल्ला तला उक्लिन काठको सिँढी राखिएको छ । गुफाभित्र पस्दा सुरुङमार्ग जस्तै देखिन्छ । गुफाको कोठाभित्र पस्दा र माथिल्लो तला उक्लिन टाउँको झुकाउनु पर्छ । गुफाको माथिल्ला तलाहरूको बाहिरी भागमा छिद्रछिद्र प्वालहरू देख्न सकिन्छ । ती प्वालबाट अवलोकन गर्दा छोसेर गाउँलगायत त्यस आसपासको प्राकृतिक भूगोल निकै मनमोहक देखिन्छ ।

विशाल पहाडलाई घरेलु हतियारले खोपेर सदिऔं वर्षपहिले गुफा निर्माण गरिएको भए पनि गुफाको वास्तविक तथ्य अझै बाहिर आउन सकेको छैन । स्थानीयवासी र जानकारहरू शत्रुहरूसँग बच्नका लागि मानव निर्मित गुफा बनाइएको कथा सुनाउँछन् ।  गुफाको भुइँतलाबाट ५ तला घुम्न करिब २ घण्टा समय लाग्छ । गुफाभित्र बत्ती बाल्ने ठाउँ र सामग्री भण्डारणलगायत विभिन्न कलासंस्कृति गुफालाई मनमोहक बनाएको छ । 

हाल यो गुफाको  छोसेरस्थित हिमालयन युवा क्लबले आन्तरिक व्यवस्थापन गर्दै आइरहेको छ । गुफाको आन्तरिक व्यवस्थापन र पर्यटकका लागि गुफा अवलोकन गर्ने ठेक्का बर्सेनि सोही क्लबले लिइरहेको छ । गुफा अवलोकनका लागि नेपाली आन्तरिक पर्यटकका लागि एक सय रुपैयाँ र विदेशी पर्यटकका लागि एक हजार शुल्क तोकिएको छ । गुफा अवलोकनका लागि पर्यटकबाट उठेको शुल्क सोही स्थानको दिव्यदीप स्कुल, क्लब र अन्य निकायमा वितरण गर्ने गरिएको छ । स्थानीय र क्लबको संरक्षण तथा स्वामित्वमा रहेको छोसेरको सिजा झोङ गुफा स्तरोन्नतिमा लोमान्थाङ गाउँपालिकाले पनि आंशिक रूपमा लगानी गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.