सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार १० अर्बमाथि

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार १० अर्बमाथि
सुन्नुहोस्

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज दोहोरो अंकले नै वृद्धि भएको हो।

यो सातामा दुई दिन नेप्से ओरालो लाग्दा तीन दिन बढेको हो। आइतबार, सोमबार र बिहीबार नेप्से बढ्दा मंगलबार र बुधबार भने घटेको थियो। बुधबार १४ अंकले घटेको नेप्से यसदिन १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.३३ अंकले बढेर ४८६.०३ विन्दुमा कायम भएको हो।

नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३२१ स्क्रिप्सको २ करोड १६ लाख  ६० हजार ६३९ कित्ता सेयर १० अर्ब ३२ करोड ३ लाख ३१ हजार ४३६ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ७ अर्ब ९१ करोड मूल्य बराबरको सेयर कारोबार भएको  थियो।

यसदिन तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस लघुवित्त वित्तीय संस्था,स्वावलम्बन लघुवित्त वित्तीय संस्था र अपर हेवाखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले भने यसदिन गुमाए। सो कम्पनीको सेयर ९.१२ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३५ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी नगदी ग्रुपको ३१ करोड,समृद्धि फाइनान्सको २७ करोड,नेपाल फाइनान्सको २१ करोड र पिपुल्स हाइड्रोपावरको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १५९ स्टक्सको मूल्य बढ्दा ७९ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य भने स्थिर रह्यो। सात समूहको उपसूचक बढ्दा ६ वटाको नकारात्मक देखिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.