सेयर बजारमा उछाल, १२ अर्बमाथिको कारोबार

सेयर बजारमा उछाल, १२ अर्बमाथिको कारोबार

काठमाडौं : लामो समयपछि सेयर बजारमा उछाल आएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ६९.८०  अंकले बढेर  २७२७२.५८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्ड‍ेक्स १३.६५ अंकले बढेर ४५८.३७ बिन्दुमा पुगेको छ।

नेप्से परिसूचक उच्च अंकले बढ्दा १२ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको छ। यसदिन ३३० स्क्रिप्सको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर १२ अर्ब ९५ करोड ५७ लाख  ६४ हजार  १३६ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले बढेको सेयर बजारमा आज ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

उन्नति सहकारी लघुवित्त वित्तीय संस्था,ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था,अभियान लघुवित्त वित्तीय संस्था,विजय लघुवित्त वित्तीय संस्था,भूगोल इनर्जी  डेभलपमेन्,गरिमा विकास लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था,समता घरेलु लघुवित्त वित्तीय संस्था र न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।

यसदिन  सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४१ करोड बढिको सेयर कारोबार भयो।

यसैगरी सप्तकशी डेभलपमेन्ट बैंकको ३५ करोडको सेयर कारोबार हुँदा सिन्धु विकास बैंकको ३० करोड,हिमालयन पावरको २९ करोड र हिमालयन रिइन्स्योरेन्सको २७ करोड मूल्य बराबरको कारोबार भयो।

कारोबारमा  आएकामध्ये २०२ स्टक्सको मूल्य बढ्दा ३७ वटाको घट्यो। बाँकी ३ स्टक्सको मूल्य भने स्थिर रह्यो।

आज  सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। माइक्रोफाइनान्स समूहको उपसूचक सर्वाधिक ४.९२ प्रतिशतले बढ्यो।  डेभलपमेन्ट बैंक,इन्भेस्टमेन्ट,मनु एण्ड प्रो र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक  प्रतिशत बढिले बढ्यो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.