एमालेको जागरणसभा किन ?

एमालेको जागरणसभा किन ?

काठमाडौं : सत्तासीन एमालेले मंसिर ७ मा राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध जागरणसभा गर्दैछ । शुक्रबार पत्रकार सम्मेलन गरेर एमालेले आफू सत्तामा रहेको बेला जागरणसभा गर्नुको कारण स्पष्ट पारेको छ । एमालेले विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न यो जागरणसभा गर्न लागेको बताएको छ । 

एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत तयार गर्ने उद्देश्यसमेत राखेर कार्यक्रम आयोजना गर्न लागिएको बताएको छ । मंसिर १६ गते स्थानीय तहका रिक्त ४४ स्थानमा उपचुनाव हुँदैछ । काठमाडौंंको कीर्तिपुर नगरपालिकाको प्रमुखदेखि काठमाडौंं महानगरपालिका– १६ वडाध्यक्षसहित ४४ ठाउँमा उपचुनाव हुन लागेको हो । एमाले अधिकांश स्थानको उम्मेवारी टुंग्याएर निर्वाचन होमिसकेको छ । 

एमाले काठमाडौंं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा मंसिर ७ गते काठमाडौंंमा जागरण सभा हुँदैछ । पत्रकार सम्मेलनमा पार्टी महासचिव शंकर पोखरेलले जनतालाई आशावादी बनाएर समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको स्पष्ट पारे । जनता असन्तुष्ट छन् भनी गरिएको प्रचारलाई चिर्न जागरणसभा गर्न लागिएको उनले जानकारी दिए । 

‘जनता प्रमुख दलप्रति नै विश्वास र भरोसा गर्छन् र उनीहरूबाट नै सुधारको अपेक्षा गर्छन् भन्ने सन्देश दिन जरुरी छ, त्यो हिसाबले जागरण सभा गर्दैछौं’, उनले भने । उनले जनताको बीचमा जाने कुरा रक्षात्मक नहुने बताए । राजनीतिक दल सधैंंभरि जनताको बीचमा नै जानुपर्ने उनले स्पष्ट पारे । उनले जनताको बीचमा जाने एउटा माध्यम जागरणसभा भएको बताए । उनले सामाजिक अराजकता प्रवृत्तिकै रूपमा अघि बढेकोमा चिन्ता प्रकट गरेका छन् । सामाजिक अराजकता प्रवृत्ति विकास र समृद्धिका लागि बाधक हुने उनको भनाइ छ । 

सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि छानबिन प्रक्रिया अघि बढ्दा जस्तो प्रकारको गतिविधि भएको छ त्यो कानुनी राजको खिल्ली भएको उनको भनाइ छ । ‘निरन्तर रूपमा योजना बनाएर यस्तो गतिविधि गर्नु उचित कुरा होइन’, पोखरेलले भने । गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न पनि मंसिर ७ मा सभा गर्न लागिएको स्पष्ट पारेको छ । वर्तमान संयुक्त सरकारले गरेका काम उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न यो सभा गर्न लागेको स्थायी समिति सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले बताए । 

सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन मंसिर ७ मा भृकुटीमण्डपमा एमाले जागरणसभा गर्न लागेको उनले बताए । एमालेले विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न यो जागरण सभा गर्न लागेको बताएको छ । 

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न जागरण सभा गर्न लागिएको बताए । उनले गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रस्ट पार्न, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागिएको पार्टी जानकारी दिए । 

‘आगामी मंसिर ७ गते प्रदर्शनीमार्ग, भृकुटीमण्डप जाऔं ! एमालेद्वारा आयोजित विशाल ¥याली र जागरण सभामा सहभागी बनौं,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘देश र जनताको राष्ट्रिय स्वाभिमान, एमालेकै नेतृत्वमा समृद्धिको अभियानलाई सफल पार्न व्यापक जनपरिचालन गरौं र जनजागरण सभालाई सफल पारौं !’

कांग्रेस–एमालेप्रति नै विश्वास र भरोसा

एमालेका महासचिव पोखरेलले जनताले कांग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको दाबी गरे । उनले प्रमुख दलहरूप्रति जनता असन्तुष्ट छन् भन्ने कुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले जागरण अभियान सञ्चालन गर्न लागेको बताए । उनले नेपाली जनताले प्रमुख दलहरूबाट नै मुलुकमा सुधारको अपेक्षा गरेको बताए । 

‘ललितपुर, भक्तपुर र काठमाडौंं जिल्ला कमिटीको अगुवाइमा जागरण अभियान कार्यक्रम हुँदैछ । उपत्यकामा नै आयोजना हुने कार्यक्रमका माध्यमबाट हामी यस्तो सन्देश दिन चाहन्छौं कि जनता असन्तुष्टि छन् भन्ने खालको कुरा जुन खडा गर्न खोजिएको छ ।’ 
उनले भने, ‘त्यो होइन, जनता प्रमुख दलहरूप्रति नै विश्वास र भरोसा गर्छन् । र, उनीहरूबाटै सुधारको अपेक्षा गर्छन भन्ने सन्देश दिनु पनि जरुरी छ । त्यो हिसाबले हामीले जुन सभाको आयोजना गर्न खोजेका छौं । जागरण सभा, त्यसको औचित्य त्यसले पुष्टि गर्छ ।’

‘संयन्त्रले सरकारको काममा हस्तक्षेप नगर्ने’
महासचिव पोखरेलले सरकारलाई काम गर्नका लागि उचित वातावरण बनाउनका लागि सत्तारूढ कांग्रेस–एमालेले संघ, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाएको बताए । यो संयन्त्रले सरकारको काममाथि हस्तक्षेप नगर्ने पनि उनले प्रष्ट्याए ।

महासचिव पोखरेलले प्रधानमन्त्रीको आसन्न चीन भ्रमण महŒवपूर्ण र उपलब्धिमूलक हुने बताए । ‘नेपाल र चीनका बीचमा विगत लामो समयदेखि जुन प्रकारको उच्चस्तरको सम्बन्ध रहँदै आएको छ त्यसको निरन्तरता नै हुन्छ भन्ने मलाई लाग्दछ’, पोखरेलले भने, ‘त्यसैले यो भ्रमणलाई हामीले सद्भावना भ्रमणकै रूपमा बुझेका छौं । र, भ्रमण महत्तवपूर्ण र उपलब्धिमूलक हुन्छ भन्ने हाम्रो विश्वास हो ।’ प्रधानमन्त्री ओलीले अगामी डिसेम्बर २ देखि ६ सम्म चीन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच, महासचिव पोखरेलले एमाले जनताको रोजाइको पार्टी भएको दाबी गरेका छन् । पोखरेलले एमाले जनताको बीचमा लोकप्रिय भए पनि एक्लै देश सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताए । ‘लोकप्रिय मतमा नेकपा एमाले नै अगाडि छ, तर सरकार बनाउन पुग्ने मत पुगेको छैन, सरकारको नेतृत्व गरिरहेका छौं, तर राष्ट्रको नेतृत्व गर्ने निर्णायक मत प्राप्त गरेका छैनौं’, पोखरेलले भने । 

उनले आउने चुनाव सबै दलले छुट्टाछुट्टै लड्ने निर्णय गरेको बताए । पोखरेलले यसको सबैभन्दा बढी लाभ एमालेले लिने दाबी गरे । अहिले कांग्रेससँग सहकार्य गरे पनि आउने चुनावमा एमाले कांग्रेस अलग्गै चुनाव लड्ने स्पष्ट पारे । ‘कांग्रेससँग सहकार्य र प्रतिस्पर्धा पनि सँगसँगै छ भन्ने सच्याइलाई बुझेर हामीले अगाडि बढ्नु पर्छ’, उनले भने । 

सरकार परिवर्तन हुन्छ भन्ने गलत हल्ला फैलाइएको कारण जति हुनुपर्ने त्यति काम हुन नसकेको पोखरेलले बताए । ‘एमाले र कांग्रेस बीच सरकारलाई निरन्तरता दिने विषयमा गहिरो समझदारी छ, यद्यपि सरकार परिवर्तन गर्न चाहनेहरूको प्रयास जारी छ’, उनले भने । 

उनले समाजमा फैलँदै गएको सामाजिक अराजकता ठूलो चुनौतीका रूपमा रहेको बताए । त्यो सामाजिक अराजकता चिर्न नसक्ने हो भने मुलुकको समृद्धि अघि बढ्न नसक्ने पोखरेलको भनाइ छ । समाजमा आशा जागृत गर्ने गरी संगठित शक्ति नलाग्ने हो भने निराशा चिर्न नसक्ने पोखरेलले धारणा राखे । उनले नेपालका संस्कृति मूल्य मान्यतालाई विघटन गर्ने पनि सुनियोजित प्रयास भइरहेको बताए ।

विभिन्न खालका अतिवाद माथि वैचारिक रूपमा विजय प्राप्त गर्न आवश्यक रहेकोमा पोखरेलले स्पष्ट पारे । उनले आजको आर्थिक संकटका समाधानको सामथ्र्य नेकपा एमालेसँग मात्रै रहेको पनि दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.