सरकारको मुख्य प्राथमिकता आर्थिक समृद्धि : उपप्रधानमन्त्री सिंह

सरकारको मुख्य प्राथमिकता आर्थिक समृद्धि : उपप्रधानमन्त्री सिंह
सुन्नुहोस्

विराटनगर : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग मिलेर सरकार अघि बढ्न चाहेको बताएका छन्। मोरङ चेम्बर अफ कमर्शले आयोजना गरेको अन्तर्क्रियाका क्रममा उपप्रधानमन्त्री सिंहले सरकारको अहिलेको मुख्य प्राथमिकता आर्थिक समृद्धि रहेको बताएका हुन् । 

उनले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । उपप्रधानमन्त्री सिंहले ०७२ को भूकम्प, त्यसपछि कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र उठाउन सरकारले काम गरिरहेको बताए । 

उनले अहिले व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन खोजिएको बताए । व्यवस्था मात्र होइन अवस्था पनि क्रमिक रूपमा सबै क्षेत्रमा परिवर्तन भएको छ,´ उपप्रधानमन्त्री सिंहले भने, 'शिक्षा, स्वास्थ्य, सडक, आर्थिक क्षेत्रलगायतमा क्रमिक रूपमा परिवर्तन भएको छ । तर, समयअनुसार  नयाँ चुनौतीहरू आउँछन्  । त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरामा अब जोड दिनुपर्छ । सरकार त्यसमा गम्भीर छ ।´ 

सरकार अस्थिर हुँदा अरू क्षेत्रले जस्तै आर्थिक क्षेत्रले पनि समस्या भोगिरहेको चर्चा गर्दै उनले राजनीति स्थायित्वकै लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेको पनि बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.