जब दुई भारतीय नागरिकलाई नेपालको अध्यागमनले रोक्यो
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक हिँडेका दुई भारतीय नागरिकलाई अध्यागमन कार्यालयले रोकेको छ। क्यानडा र इटाली हिँडेका उनीहरूको भ्रमण शंकास्पद देखिएको अध्यागमन अधिकारीले जानकारी दिए।
उनका अनुसार क्यानडा हिँडेका S0561513 पासपोर्ट नम्बरका हरजिन्द्र सिंह र U0120889 पासपोर्ट नम्बरका सोना सिंहको भ्रमण शंकास्पद देखिएको हो। काठमाडौंस्थित भारतीय राजदूतावासले जारी गर्ने NOC लेटर पनि उनीहरूसँग नरहेको ती अधिकारीको भनाइ छ।
हरजिन्द्र विमान बंगलादेशबाट ढाका हुँदै क्यानडा जाँदै थिए भने सोना एयर चाइनाबाट छेङ्दु हुँदै इटली जाँदै थिए।