फोटो खिच्नकै लागि विद्यार्थीलाई एकदिने पैदलयात्रा

फोटो खिच्नकै लागि विद्यार्थीलाई एकदिने पैदलयात्रा

हुम्ला : चंखेली  गाउँपालिका–५ स्थित डाँफे आधारभूत विद्यालयका विद्यार्थी एकदिन पैदल हिँडेर फोटो खिच्न बाध्य भएका छन्।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाका विद्यालयमा पठनपाठन गर्न र फोटो खिच्नका लागि आवतजावत गर्नु पर्दा समेत कम्तीमा पनि एकदेखि दुई दिनसम्म लाग्ने गर्दा विद्यार्थी मर्कामा पर्दै आएका छन्। 

डाँफे आधारभूत  विद्यालय कक्षा ८ मा अध्ययनरत विद्यार्थीले गाउँपालिका शिक्षा शाखामा बुझाउनु पर्ने नियम भएका कारण विद्यार्थीहरू एकदिन लगाएर गाउँपालिका केन्द्र पिप्लाङमा पुग्नुपर्ने बाध्यता रहेको विद्यार्थीले गुनासो गरेका छन्।

पालिका केन्द्र पिप्लाङमा आउँदा एक र जाँदा एक दिन गरी दुईदिन लाग्ने गर्दछ। जसका कारण आफूहरूको पठनपाठन प्रभावित हुने गरेको कक्षा ८ मा अध्ययनरत छात्रा सुजता तामाङले गुनासो गरिन। कक्षा ८ को अर्धवार्षिक परिक्षाको फर्मको लागि फोटो खिच्ने काम गाउँमा नुहुँदा पालिका केन्द्र पुग्न बाध्य भएको तामाङले भनिन। 

प्रधानाध्यापक बच्चुलाल चौधरीले विद्यालयमा फोटो खिच्ने स्रोतसाधन नभएका कारण गाउँपालिका केन्द्रमा पुगेर फोटो खिच्नुपर्ने बाध्यता भएको बताए। कक्षा ८ मा नौ जना अध्ययनरत छन। उनीहरू सबै जना एक दिनको बाटो लगाएर फोटो खिचेर फर्कने गर्दा पठनपाठन समेत प्रभावित हुने गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.