हेटौंडा-१२ मा वडाध्यक्ष पदका लागि मतदान जारी

हेटौंडा-१२ मा वडाध्यक्ष पदका लागि मतदान जारी
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडा स्थित वडा नम्बर १२मा स्थानीय तह उपनिर्वाचन–२०८१ अन्तर्गत मतदानको प्रक्रिया सुरु भएको छ ।  मतदानका निम्ति मतदाताहरू बिहानैबाट उत्साहित भएर लाइनमा बसेका थिए  । 

उक्त स्थानमा आइतवार बिहान ७ बजेबाट  मतदानको प्रक्रिया अघि बढेको हो । उक्त वडाको वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका छन् । जसमध्ये  ९  जना विभिन्न दलबाट र तीन जना स्वतन्त्ररुपमा उम्मेदवार बनेका छन् । 

वडाध्यक्षमा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रबाट रविकुमार प्रधान, रास्वपाबाट आशावीर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जसपाबाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् । 

nullवडाअध्यक्ष पदका लागि स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी पनि उम्मेदवार बनेका छन् । गत निर्वााानमा उक्त वडाबाट निर्वाचित वडाध्यक्ष ललित घलान जिल्ला समन्वय समितिका प्रमुखमा निर्वाचित भएसँगै रिक्त रहेको स्थानमा निर्वाचन भइरहेको हो । 

बागमती  प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार उक्त वडामा कुल ८ हजार ५३ मतदाता रहेका छन् । २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका छन् । मतदातामध्ये ४ हजार ४ सय २८ जना पुरुष र ३ हजार ६ सय २५ जना महिला रहेका छन् । मतदताका लागि दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । प्रतिभा मावि सिक्रेनीमा ५ र विष्णु ज्योति मावि भोर्लेमा ४ वटा गरी कुल ९ वटा मतदान केन्द्र रहेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.