हेटौंडा-१२  को  वडाध्यक्षमा नेपाली काँग्रेसका तिवारी विजयी

हेटौंडा-१२  को  वडाध्यक्षमा नेपाली काँग्रेसका तिवारी विजयी
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडा स्थित वडा नम्बर १२ मा भएको स्थानीय तह उपनिर्वाचन–२०८१ अन्तर्गतको निर्वाचनमा नेपाली काँग्रेसका अर्जुन तिवारी विजयी भएका छन् ।   

उनी २०६३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।  नेकपा माओवादी केन्द्रका रविकुमार प्रधानलाई ५०३  मतको फराकिलो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन्। प्रधानले १५६० मत प्राप्त गरेका छन् । 

चुनावी प्रतिस्पर्धामा तेस्रो भएका नेकपा एमालेका राजेश नगरकोटीले १३९८ मात्रै मत ल्याए । यस्तै  १२ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रेमबहादुर भ्लोनले १७८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  आशावीर बलले ८३ मत ल्याएका छन् । नेकपा (एकीकृत समाजवादी)का बलराम बलले ७३ मत पाएका छन् । ७८ मत बदर भएको  छ। 

वडाध्यक्षमा निर्वचित तिवारी २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा पनि १२ नम्बर वडाको वडा अध्यक्ष पदका उम्मेदवार थिए ।  यसअघि उक्त  वडाबाट  नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष ललित घलान जिल्ला समन्वय समितिका प्रमुखमा गएसँगै रिक्त रहेको स्थानमा निर्वाचन भएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.