लीपमोटर C10 अब चितवनमा पनि उपलब्ध

लीपमोटर C10 अब चितवनमा पनि उपलब्ध
सुन्नुहोस्

काठमाडौं : इलेक्ट्रिक गाडी (EV) कम्पनी लीपमोटरले प्रिमियम लीपमोटर C10 अब चितवनमा पनि उपलब्ध हुने घोषणा गरेको छ। यसले नेपालमा बढ्दो मागसँगै उच्च(स्तरीय इलेक्ट्रिक गाडीहरू ग्राहक माझ सहज उपलब्ध गराउने कार्यको विस्तार गरेको छ।

यस उपलब्धीलाई उत्सवको रूपमा मनाउन, भरतपुर चितवनस्थित होटल सिराइचुलीमा एक भव्य समारोहको आयोजना गरिएको थियो। र यसैबीच ओजोन मोटर्सद्वारा दशवटा लिपमोटर ऋज्ञण् गाडी वितरण गरिएको थियो।

लीपमोटर C10 ले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्रीका लागि अविश्वसनीय एवम् आरामदायी अनुभव प्रदान गरेको छ। यसका विस्तारित सुविधाहरू र दुरदर्शी दृष्टिकोणले C10 लाई इलेक्ट्रिक गाडी रोज्नेहरूका लागि उत्कृष्ट विकल्प बनाएको छ।

साङ्ग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ। यो कम्पनी २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोएन, र हाल लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ।

लीपमोटर C10 बारे थप जानकारीका लागि शोरुममा गइ बुझ्न र इलेक्ट्रिक ड्राइभिङको नयाँ अनुभव लिन कम्पनीले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.