सुदूरपश्चिम रोयल्सलाई पहिलो झड्का, रिजन ढकालले लिए विकेट
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को आज दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिलो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम रोयल्सका सैफ जैबलाई रिजन ढकालले आउट गरेका हुन्।
१.६ ओभरमा ढकालको बलमा सैफलाई रञ्जित कुमारले क्याच आउट गरे। सैफ ११ बलमा १८ रन बनाएर पेभेलियन फर्किए।
अहिले सुदूरपश्चिम रोयल्सले २ ओभरको समाप्तिमा २१ रन बनाएर खेलिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो। चितवनका लागि हसन इसाखिलले सर्वाधिक ६५ रन बनाए। उनलाई १५.१ ओभरमा स्कट कुग्गेलिनले नरेश बुढा ऐरको हातबाट ६५ रनमा क्याच आउट गराए। उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
सुदूरपश्चिमका लागि स्कट कुग्गेलिनले सर्वाधिक २ विकेट, ब्रान्डन म्याकमुलेन, दिपेन्द्र सिंह ऐरी र सैफ जैबले समान १/१ विकेट लिएका थिए। आइतबार भएको पहिलो खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई १ रनको जित निकालेको हो। दुवै टिमको यो चौथो खेल हो। चितवनले २ जित र १ हारसहित ४ अंक बटुलेको छ। सुदुर भने ३ खेलमा ३ जितसहित ६ अंक बटुलेको छ।
चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेट, पोखरा एभेन्जर्सविरुद्ध ८७ रनले जित निकालेको थियो। कर्णाली याक्ससँग भने चितवनले ६ विकेटको हार बेहोरेको थियो। सुदूरले भने पहिलो खेलमा विराटनगरलाई ९० रन, काठमाडौंलाई ७३ रन र लुम्बिनीलाई ४५ रनले हराएको हो।
प्रतिक्रिया दिनुहोस !