मन्त्रीसँग ‘ट्युनिङ’ मिल्ने व्यक्ति नियामक हुँदा पनि अर्थतन्त्रमा नतिजा आएन : वर्षमान पुन

मन्त्रीसँग ‘ट्युनिङ’ मिल्ने व्यक्ति नियामक हुँदा पनि अर्थतन्त्रमा नतिजा आएन : वर्षमान पुन
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले मन्त्रीसँग ‘ट्युनिङ’ मिल्ने व्यक्ति नियामक हुँदा पनि अर्थतन्त्रमा नतिजा नआएको बताएका छन्। 

प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बुधबार उनले नियामक निकायका पदाधिकारीहरु वर्तमान सरकारको नेतृत्वमा रहेका दलसँग ट्युनिङ मिल्ने व्यक्तिहरु नै रहे तापनि अर्थतन्त्रमा सुधार नआएको बताएका हुन्। सरकारले लगानीकर्तालाई विश्वासमा लिन नसकेका कारण अर्थतन्त्रको शिथिलता अन्त्य हुन नसकेको उनको भनाइ थियो। 

‘नेपाल राष्ट्रबैंक, धितोपत्र बोर्ड र बीमा प्राधिकरणजस्ता नियामक निकायले अर्थतन्त्र चलायमान बनाउन भूमिका निर्वाह गर्छन्’, पुनले प्रश्न गरे, ‘ती निकायको नेतृत्वमा अहिलेको सरकारसँग ट्युनिङ मिल्नेहरु नै छन् । तर, किन रिजल्ट आएन ? आन्तरिक र बाह्य लगानीकर्तामा कन्फिडेन्स किन छैन?’

बैठकमा सहभागी अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई त्यस विषयमा गम्भीर बन्न आग्रह गरे। पुनले आफू अर्थमन्त्री भएका बेला बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको नागरिकताबारे प्रश्न उठेपछि राजीनामा मागे पनि उनले नियामक निकायका नाममा आफ्नो आग्रह अस्वीकार गरेको बताए। 

नागरिकतामा फरकफरक तीनवटा मिति फेला परेपछि सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुद्दा दायर गरेको छ। फरक प्रसंगमा पुनले प्राथमिकता निर्धारणका नाममा सरकारले पूर्ववर्ती सरकारले अघि सारेका ठूला विकास आयोजनाका बजेट कटौती गर्ने तयारी गरेको सुन्नमा आएको भन्दै त्यसो नगर्न सचेत गराए। 

पुनले निष्पक्ष भएर काम गर्दा मात्र व्यावसायिक र लगानीमैत्री वातावरण बन्ने भन्दै मनोमानी नगर्न सरकारलाई चेतावनी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.