कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई दियो १०२ रनको लक्ष्य

कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई दियो १०२ रनको लक्ष्य
तस्बिर : एनपीएल

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को लिग अन्तर्गतको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा कर्णाली अलआउट हुँदै १०१ रन बनाएको हो। 

कर्णालीका लागि जिसन मक्सुदले ३० रन बनाए। उनले ३५ बलमा ४ चौका प्रहार गरे। पावरप्लेमा ३ विकेट गुमाउँदै ३५ रन बनाएको कर्णालीले याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो विकेटको रुपमा पहिलो ओभरको अन्तिम बलमा रित गौतमलाई गोल्डेन डक आउट बनाए। 

दोस्रो विकेट अर्का ओपनर बाबर हायातलाई गुमायो। दोस्रो ओभरको अन्तिम बलमा केग्गेलिनको बलमा अभिवाश बोहोराको हातमा क्याच भए।

देव खनाल भने रन आउट भए। उनी ७ रनमा रन आउट भएका हुन्। 

चौथो विकेट चाड्विक वाल्टनको गयो। उनलार्य सैफ जैबले ८.३ ओभरमा एलबीडब्ल्यु आउट गराएका हुन्। चाड्विकले १६ बलमा १ चौकासहित ११ रन बनाए। १० ओभरमा ४ विकेट गुमाउँदै ४७ रन बनाएको थियो। 

कर्णालीका लागि पाँचौं विकेटका रुपमा विलियन बासिस्टो पेभेलियन फर्किए। उनले पाँचौं विकेटको लागि जिसन मक्सुदसँग ३९ रनको साझेदारी गरे। 
छैटौं विकेट गुल्सन झाको गयो। उनी रन आउट भए। 

सातौं विकेट कर्णालीको महंगो विकेट भयो। जिसन मक्सुदलाई कप्तान दिपेन्द्र सिंह ऐरीले ब्रान्डन म्याकमुलेनको हातमा क्याच गराए। आठौं विकेट कर्णालीका कप्तान सोमपाल कामीको गयो। उनलाई स्कट केग्गेलिनले यशान पाण्डेको हातमा क्याच गराए। उनले ९ बलमा २ चौका सहित ११ रन बनाए। 

नवौं विकेट १९.४ ओभरमा नन्दन यादव आउट हुँदा २० ओभरको अन्तिम बलमा विपिन शर्मा आउट हुँदा कर्णाली १०१ रनमा अलआउट भएको हो।
सुदूरका लागि हर्मप्रित सिंहले सर्वाधिक ३ विकेट लिए। कप्तान दिपेन्द्र सिंह ऐरी र स्कट केग्गेलिनले समान २/२ विकेट लिए। त्यसबाहेक सैफ जैबले १ विकेट लिए। 

सुदूर हालसम्म ६ खेलमा ५ खेल जित्दै शीर्ष स्थानमा रहेको छ। १०२ को लक्ष्य सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमा पूरा गरेमा काठमाडौं गुर्खाज प्लेअफ पुग्नेछ भने कर्णाली प्लेअफबाट बाहिरिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.