शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत कामहरू भइरहेका छन् : शिक्षा मन्त्री
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत कामहरू भइरहेको बताएकी छन्। शिक्षा क्षेत्रको सुधारका लागि माइतिघरमा धर्नामा बसेका विद्यार्थीमाझ मन्त्री भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि ऐन कानुन निर्माणदेखि विभिन्न नीतिगत कामहरू भइरहेको बताएका हुन्।
उनले तीन तहबीच समन्वयका आधारमा मात्रै शिक्षा सुधार गर्न सकिने धारणा राखिन्। मन्त्रालयले विभिन्न शीर्षकमा स्थानीय तहमा बजेट पठाएपछि पालीकामा शिक्षा कोष र योजना हुन नसक्दा समस्या भएको उनले बताइन्।
उनले बजेट बनाइसकेपछि आफू मन्त्रालयमा आएकाले आफ्नो भिजन बजेटमा राख्न नसकेकाले आगामी बजेटमाा स्पष्ट भिजनसहितको बजेटको व्यवस्था गरिने प्रतिवद्धता जनाए । यो वर्ष कार्यान्वयनमा नरहेका कार्यक्रमको बजेट प्रकोपबाट प्रभावित विद्यालयमा केन्द्रीत गरेको उनले बताइन्।
उनले शिक्षा सुधारको माग गर्दै निरन्तर माइतिघरमा धर्ना दिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाई लगायतलाई आन्दोलन स्थगित गर्न आग्रम समेत गरे।