काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, २ जना पक्राउ
काठमाडौं : उपत्यका अपराध अनुसन्धान कार्यालयले काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद गरेको छ। आज बिहान अपराध महाशाखाले काँडाघारीमा लुकाएर राखिएको ४ सय ६२ किलो किलो रक्तचन्दन नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकरी दिए। उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘काँडाघारीबाट ४६२ किलो रक्तचन्दन नियन्त्रणमा लिइएको हो। यसको आधिकारिक जाँचका लागि वन कार्यालयमा पठाउँछौं।’
रक्त चन्दन प्याक गरेर लुकाएर राखिएका अवस्थामा प्रहरीले फेला परेको हो। प्रहरीले सो क्रममा २ जना नियन्त्रणमा लिएको छ। उनीहरुको नाम, ठेगाना भने खुल्न बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस !
३