मधेस केन्द्रित दलहरूले मनाए बलिदानी दिवस

मधेस केन्द्रित दलहरूले मनाए बलिदानी दिवस
सुन्नुहोस्

काठमाडौं : मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोको सम्झनामा मधेस केन्द्रित दलहरूले १८औं ‘बलिदानी दिवस’ मनाएका छन्।

२०६३ साल माघ ५ गते मधेस आन्दोलनका क्रममा पहिलो पटक सिरहाको लहानमा रमेश महतो शहीद भएका थिए। प्रहरीको गोली लागेर मृत्यु भएपछि मधेसभरि आन्दोलन चर्किएको थियो। यसै दिनलाई मधेस प्रदेश सरकार लगायत मधेस केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन्।

१८औं ‘बलिदानी दिवस’का अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पार्टी कार्यालय बबरमहलमा मधेस आन्दोलनमा शहीद भएकाहरूको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो। 

लोसपा नेपालका उपाध्यक्ष श्याम गुप्ताले मधेस आन्दोदनमा आहुति दिएकाहरूको सपना अझै पूरा हुन नसकेको बताए। उनले मधेसी जनताको माग पुरा हुने गरी अब संविधान संशोधन हुनुपर्नेमा जोड दिए।

गुप्ताले मधेस देशको मेरुदण्ड भए पनि सधैं उपेक्षित रहनुपरेकाले अब मधेसका आवाजलाई राज्यले सम्बोधन गर्ने बेला आएको बताए। लहानस्थित पूर्व-पश्चिम राजमार्गमै पहिलो शहीद महतोसहितको शालिक निर्माणसमेत गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.